०६ साउन २०८३, बुधबार
नयाँ सरकार

कांग्रेसले टुंग्यायो ६ मन्त्रीको नाम : प्रकाशमानलाई शहरी विकास, आरजुलाई परराष्ट्र

असार ३१, २०८१
काठमाडौं
कांग्रेसले टुंग्यायो ६ मन्त्रीको नाम : प्रकाशमानलाई शहरी विकास, आरजुलाई परराष्ट्र

नेपाली कांग्रेसले सरकारमा सहभागी हुने ६ जनाको नाम टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका ६ मन्त्रीको नाम टुंगाएका हुन् । जसअनुसार प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयसहित सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् । 

रमेश लेखकले गृह पाउने पक्का भएको एक नेताले जानकारी दिए । डा. आरजु देउवालाई परराष्ट्र मन्त्रालयको जिम्मा दिइने भएको छ । अजय चौरसियालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा दिइने भएको छ । 

दीपक खड्काले ऊर्जा तथा सिंचाई मन्त्रालय पाउने तय भएको कांग्रेसका ती नेताले जानकारी दिए । संस्थापन पक्षबाट एनबहादुर शाही वन तथा वातावरण मन्त्री बन्ने भएका छन् । 

देउवाले संस्थापन इतर समूहसँग ३ जनाको नाम मागेका छन् । संस्थापन इतरका डा. शेखर कोइराला पक्षले भने ४ मन्त्रालय पाउनु पर्ने दाबी गरेको छ । संस्थापन इतर समूहबाट मन्त्री बन्नेको नाम टुंगो लागेको छैन । 

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार बिहान शपथ ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

नेकपा एमालेले सरकारमा जाने मन्त्रीको टुंगो लगाएको छ । विष्णु पौडेल अर्थसहित उपप्रधानमन्त्री बन्ने पक्का भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्