०८ साउन २०८३, शुक्रबार
छिमेकीको बधाई

शपथअगावै मोदीले दिए प्रधानमन्त्री ओलीलाई बधाई

असार ३१, २०८१
काठमाडौं
शपथअगावै मोदीले दिए प्रधानमन्त्री ओलीलाई बधाई

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई शपथअगावै बधाई दिएका छन् । 

सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा सोमवार बिहान ओलीलाई बधाई दिँदै उनले सँगै काम गरेर नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउने आफ्नो अपेक्षा रहेको बताएका हुन् । 

’नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा केपी शर्मा ओलीजीलाई बधाई छ,’ उनले लेखेका छन्, ’हाम्रा दुई देशबीचको गहिरो मित्रताको सम्बन्धलाई अझ बलियो बनाउन र हाम्रा जनताको प्रगति र समृद्धिका लागि परस्पर लाभदायक सहकार्यलाई विस्तार गर्न निकट सहयोग गर्ने अपेक्षा राख्दछु ।’

महाराजगन्जस्थित राष्ट्रपति निवासमा सोमवार अपरान्ह प्रधानमन्त्री ओलीलगायत नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम जारी छ । 

नेपाली कांग्रेससँगको सहमतिमा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बनेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्