
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काम गरेर देखाउन नसकेसम्म खादा–माला नलगाउने घोषणा गरेका छन् ।
सोमवार स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
मन्त्रालयबाट खादा र फूलमाला लिएर स्वागतकाे तयारी भएपछि मन्त्री पौडेलले आफूले खादा–माला नलगाउने जानकारी दिएका थिए ।
पौडेलले पहिलो निर्णयका रुपमा क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरुपता ल्याउने घोषणा गरे ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका पौडेल पहिलोपल्ट मन्त्री बनेका हुन् । उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् ।