२३ जेठ २०८३, शनिबार

चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण

असार ३१, २०८१
काठमाडौं
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।​

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले ​पदभार सम्हालेका हुन् ।​ 

यसअघि उनी शपथपछि लैनचौरको शहीद स्मारक र नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेर शहीद र पार्टीका संस्थापक नेताहरूको फोटोमा माल्यार्पण गरेका थिए ।

प्रधानमन्त्री कार्यालयमा सचिवसहितका कर्मचारीले ओलीलाई स्वागत गरेका छन् ।

ओलीको स्वागतमा ब्राम्हणहरू स्वस्ति वाचन मन्त्रोच्चारण गरेका थिए ।

ओलीलाई प्रधानमन्त्रीको कार्यालयमा निमित्त मुख्य सचिव लीलादेवी गड्तौलाले टीका मालासहित स्वागत गरेकी थिइन् ।

null

ओली यसअघि २०७२, २०७४ र २०७८ मा गरी तीनपटक प्रधानमन्त्री भएका थिए । 

ओलीले दोस्रोपटक नेकपाकालीन समयमा झण्डै दुई–तिहाई बहुमतको हाराहारीको सरकारको नेतृत्व गरेका थिए ।

यसपटक पहिलो ठूलो दल नेपाली कांग्रेसको समर्थन र सहभागितापछि नेकपा (एमाले)का अध्यक्ष ओली दुई–तिहाई मतसहितको प्रधानमन्त्री बनेका छन् । 

राजनीतिक स्थायित्व दिने, अर्थतन्त्रमा सुधार ल्याउने, संविधानका कमजोरी सुधार्ने, नागरिकलाई डेलिभरी दिनेलगायत प्रतिबद्धता जनाउँदै दुई ठूला दलले सरकार बनाएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्