
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।
चौथोपटक प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष ओलीसहित २२ मन्त्रीले सोमबार बिहान शपथ ग्रहण गरेका थिए ।
शपथ ग्रहणलगत्तै प्रधानमन्त्रीसहित मन्त्रीहरू मन्त्रालय पुगेर कार्यभार सम्हालेपछि मन्त्रिपरिषद् बैठक शुरू भएको हो ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको छ ।