२३ असार २०८३, मंगलबार

कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने ओली सरकारको निर्णय

असार ३१, २०८१
काठमाडौं
कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने ओली सरकारको निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेका छन् ।

सोमबार साँझ पदभार ग्रहण गरेका उनले कीर्तिपुरको त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रूपमा विकास गर्ने निर्णय गरेका हुन् ।

'कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ,' ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

यस कामका लागि ३ सय दिनको समयसीमा तोकिएको छ।

 

salt training

कमेन्ट गर्नुहोस्