०८ असार २०८३, सोमबार

आफैले निर्माण गरेको फिल्ममा यस्तो भूमिकामा देखिए कपिल शर्मा

कात्तिक २०, २०७४
आफैले निर्माण गरेको फिल्ममा यस्तो भूमिकामा देखिए कपिल शर्मा

मुम्बई - भारतीय कमेडियन कपिल शर्मा पछिल्लो केही समयदेखि टिभीबाट हराएका छन् । समाचारमा भने उनी आइरहन्छन् । यतिबेला कपिल शर्मा आफैले निर्माण गरेको चलचित्र ‘फिरङ्गी’ को ट्रेलरले चर्चामा छन् ।

अंग्रेजका पालाको कथा समेटिएको चलचित्र ‘फिरङ्गी’ मा कपिल शर्मालाई मुख्य भूमिकामा देखाइएको छ । शर्माले अङ्ग्रेजलाई राम्रो नजरले हेर्ने पात्रको भूमिका निभाएका छन् ।

ट्रेलरमा कमेडीभन्दा पनि लभ स्टोरी र समाज झल्किन्छ । दुई प्रेम कथा र त्यसमा जोडिएका घटनामा फिल्म निर्माण भएको ट्रेलरले बताउँछ ।

salt training

कमेन्ट गर्नुहोस्