३० जेठ २०८३, शनिबार
मौसम पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव, यस्तो रहनेछ आज दिनभरको मौसम

साउन १, २०८१
काठमाडौं
देशभर मनसुनी वायुको प्रभाव, यस्तो रहनेछ आज दिनभरको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको पनि महाशाखाको भनाइ छ । 

महाशाखाको दैनिक मौसम बुलेटिन अनुसार मंगलबार बिहान देशभर साधारणतया बदली रहेको छ भने मधेश, बागमती, गण्डकी  प्रदेशका केही र  कोशी प्रदेशको थोरै स्थानरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । 

यस्तै दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जसअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेश, कर्णाली  र  सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै गण्डकी प्रदेशको एक दुई  स्थानमा  भारी  वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ । 

यसैगरी राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ भने बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  यस्तै बागमती, गण्डकी  र सुदूर पश्चिम प्रदेशका एक दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।  

salt training

कमेन्ट गर्नुहोस्