१० साउन २०८३, आइतबार

भारत प्रशासित जम्मू–कश्मीरमा झडप हुँदा पाँच सुरक्षाकर्मीको मृत्यु

साउन १, २०८१
काठमाडौं
भारत प्रशासित जम्मू–कश्मीरमा झडप हुँदा पाँच सुरक्षाकर्मीको मृत्यु

भारत प्रशासित जम्मू–कश्मीरमा भएको झडपमा पाँच सुरक्षाकर्मी मारिएको एकजना प्रहरी अधिकारीले बताएका छन् । सुरक्षा स्रोतका अनुसार आक्रमणकारीहरूले आक्रमणमा रणनीतिक परिवर्तन ल्याएका छन् ।

विद्रोही समूहले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि विद्रोह गर्दै आएका छन् । यस घटनाले यस वर्ष विवादित हिमालय क्षेत्रको भारतीय पक्षमा मारिएका सैनिक र प्रहरीको सङ्ख्या १७ पुगेको छ। 

भारतीय सेना सुरक्षा बलले सोमबार साँझ जम्मू क्षेत्रको राजधानी श्रीनगरबाट करिब एक सय ३५ किलोमिटर दक्षिणपूर्वमा रहेको डोडा जङ्गलमा अपरेसन शुरू गरेको बताएको छ।

'प्रारम्भिक गोली हानाहानका क्रममा घाइते भएका चार जना सैनिकको मृत्यु भएको थियो । घाइते भएका थप एकजना प्रहरी अधिकारी पनि पछि मृत्यु भयो । अन्य दुई सैनिकलाई अस्पतालमा भर्ना गरिएको छ,' एक प्रहरी अधिकारीले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्