
काठमाडौं, ८ कार्तिक – शिवम् अधिकारीको निर्देशनमा चलचित्र ‘वीरताको चिनो २’ निर्माण हुने भएको छ । चलचित्र ‘वीरताको चिनो’ निर्माण गरेका निर्माता श्याम कार्कीले ‘वीरताको चिनो २’ निर्माण गर्न लागेका हुन् ।
कथाको चरित्र अनुसार केही दिनमै अडिसनमार्फत कलाकार छान्ने लेखक समेत रहेका निर्देशक शिवम् अधिकारीले बताए । ‘कथा नालापानीको हो, निर्माता उही भए पनि पुरानो फिल्मको स्वीकेल भने होइन,’ अधिकारीले जानकारी दिए ।