१६ असार २०८३, मंगलबार

माथिल्लो मुस्ताङमा एमजी ४ ईभीको सहज यात्रा​​​

साउन १, २०८१
काठमाडौं
माथिल्लो मुस्ताङमा एमजी ४ ईभीको सहज यात्रा​​​

आफ्नो मजबुत प्रतिष्ठा प्रदर्शन गर्दै आएको एमजी मोटर्सले नेपालमा अर्को उपलब्धि हासिल गरेको छ ।​ 

भरोसाका साथसाथै प्रसिद्ध बनेको एमजी फोर ईभीले मुस्ताङको कोरला नाकासम्मको यात्रा सफलतापूर्वक पूरा गरेको कम्पनीले जनाएको छ ।​

कम्पनीका अनुसार एमजी फोर ईभी ४ हजार ६ सय ६० मिटरको उचाइमा रहेको कोरला नाकासम्म पुगेको हो । ​

कोरला पुगेका चालक धिरेनमान श्रेष्ठले गाडीको असाधारण शक्ति र क्षमताले मुस्ताङको कठिन अफ रोड यात्रासमेत सहज भएको बताए ।

मुस्ताङको यात्राअघि श्रेष्ठ हेटौंडा-काठमाडौं राजमार्ग र कालिन्चोकमा एमजी फोर ईभी लिएर यात्रामा गएका थिए ।

उनको यस यात्राले एमजी फोर ईभी शहरी क्षेत्रमा मात्र नभई हरेक खालको भूगोलमा जानसक्ने पुष्टि गरेको कम्पनीले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्