०२ असार २०८३, मंगलबार

अमेरिकामा बच्चीलाई जबर्जस्ती दूध पियाएर मारे एक पिताले

कात्तिक २०, २०७४
अमेरिकामा बच्चीलाई जबर्जस्ती दूध पियाएर मारे एक पिताले

काठमाडौं, ८ कात्तिक — अमेरिकी प्रहरीले भारतीय बच्ची शेरिन म्याथ्युजको मृत्यु पुष्टि गरेको छ । प्रहरीका अनुसार, सोमवार भेटिएको लाश शेरिनकै हो । उनको दाँतबाट पहिचान खुलेको हो ।


बच्चीलाई धर्मपुत्री बनाएका पिता वेस्ले म्याथ्युजले अक्टोबर ७ तारिखमा शेरिनलाई जबर्जस्ती दूध पियाउँदा बच्चीलाई खोकी लागेको र सास नलीमा दूध फसेर उसको सास रोकिएर मृत्यु भएको स्वीकार गरे ।

भारतको केरल मूल घर भएका म्याथ्युजलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाको दिन वेस्लेले प्रहरीलाई झुटो बयान दिँदै दूध नपिउँदा आफ्नी तीन वर्षीया छोरी शेरिनलाई सजायस्वरूप आधी रात घरबाहिर उभ्याएको बताएका थिए । त्यतिखेरै उनी हराएको म्याथ्युजले बताएका थिए ।

उनलाई यो अपराधका लागि ९९ वर्षको सजाय हुनसक्छ ।

वेस्ले म्याथ्युज र उनकी पत्नी सिनीले बिहारको नालन्दा आश्रमबाट शेरिनलाई धर्मपुत्रीका रूपमा ग्रहण गरेका थिए । पछि उनीहरू उनलाई लिएर अमेरिका गएका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्