०५ साउन २०८३, मंगलबार

ह्वावे नेपालले घोषणा गर्‍यो सिड्स फर द फ्युचर कार्यक्रमका विजेता​

साउन १, २०८१
काठमाडौं
ह्वावे नेपालले घोषणा गर्‍यो सिड्स फर द फ्युचर कार्यक्रमका विजेता​

ह्वावे नेपालले सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा गरेको छ ।​​​​

सामाजिक उत्तरदायित्वअन्तर्गत ​सञ्चालन गरिएको उक्त कार्यक्रमका लागि अन्तिम सूचीमा परेका विद्यार्थीबाट विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ ।​​​ ​​​

उक्त कार्यक्रमका लागि आवेदन दिएकाबाट ३० विद्यार्थीलाई छनोट गरिएको थियो । ​​

जसको शीर्ष स्थानमा आशिष कार्की, एनजीलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, समिप अर्याल र समृद्धि कार्की छन् ।

उनीहरूले अब क्षेत्रीय प्रतियोगितामा भाग लिनेछन् । उक्त कार्यक्रम विक्रम संवत् २०८१ भदौमा चीनमा आयोजना हुने टेक फर गुडको क्षेत्रीय चरणमा हुनेछ ।​

ह्वावेले सूचना प्रविधिका प्रतिभाको विकाससँगै अन्तर सामाजिक सम्बन्धका निम्ति कार्यक्रम सञ्चालनमा ल्याएको हो ।​​

स्वतन्त्र निर्णायक मण्डलमा इन्स्टिच्युट अफ इञ्जिनियरका डिन प्राडा शशीधरराम जोशी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव इन्दुविक्रम जोशी, सूचना प्रविधिमा महिलाकी अध्यक्ष गुणकेशरी प्रधान, आइएफएनका सह-संस्थापक हेमपाल श्रेष्ठ, युनेस्को नेपालकी डिजिटल मिडिया विज्ञ आकृति खरेल, ह्वावे नेपाल कार्यालयका डेटा सेन्टर बिजनेस लिडर रोहितचन्द्र शाहलगायतको समूहले विद्यार्थीहरूको ज्ञान र क्षमताको मूल्यांकन गरेका थिए ।

विद्यार्थीहरूलाई नेतृत्व क्षमता, शैक्षिक तीक्ष्णता, सञ्चार कौसल, समूहगत सहकार्य, समय अनुकूल परिवर्तन हुन सक्ने तथा लचिलो प्रवृत्तिको समेत मुल्यांकन गरिएको थियो ।

हौसला, जोश, समस्या समाधानका निम्ति गरिने योगदान, प्राविधिक ज्ञान र सीप, नयाँ सोच सहित सामाजिक जिम्मेवारी लिने, नैतिकताजस्ता शीर्षकलाई छनोटका आधार बनाइएको थियो ।​

salt training

कमेन्ट गर्नुहोस्