३१ जेठ २०८३, आइतबार

बागमतीमा बेपत्ता बालकको शव फेला​​​

साउन १, २०८१
रौतहट
बागमतीमा बेपत्ता बालकको शव फेला​​​

रौतहटस्थित बागमती नदीमा बेपत्ता बालकको शव प्रहरीले फेला पारेको छ ।

सोमबार बागमती नदीमा डुबेका तीन बालकमध्ये दुईको उद्धार गरिएको थियो । एक बेपत्ता थिए ।​

गढिमाइ नगरपालिका–३ लक्ष्मीपुर बस्ने हकुदिन कवाडीको छोरा अन्दाजी वर्ष १० को सफर कवाडीको शव गढीमाई नगरपालिका–७ धर्मपुरस्थित बेपत्ता भएको स्थानबाट तीन किमी दक्षिण नदी किनारमा फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिए ।

पानीमा डुबेका अन्य दुई बालकहरू १३ वर्षीय सैदुला कवाडी र आठ वर्षीय हसर कवाडीको सकुशल उद्धार गरिएको हुमागाईं बताए ।

पानीमा डुबेका सैदुला कवाडीको उपचार रोमा अस्पताल गरुडामा भइरहेको र अवस्था सामान्य रहेको उनले बताए ।

बेपत्ता बालकको खोजीमा सशस्त्र प्रहरी रौतहटका प्रहरी निरीक्षक भुवन घिमिरेको कमान्डमा नेपाली सेना र नेपाल प्रहरी गरी ३० जनाको टोली खटिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्