०६ साउन २०८३, बुधबार

समाजवादी मोर्चामा बाबुरामबाट फुटेको समूह मिसियो

साउन १, २०८१
काठमाडौं
समाजवादी मोर्चामा बाबुरामबाट फुटेको समूह मिसियो

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट फुटेको महिन्द्र राय यादव समूह समाजवादी मोर्चामा मिसिएको छ । 

मंगलबार बसेको बैठकले यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई मोर्चामा सहभागी गराउने निर्णय गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । 

उनले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहन विक्रम सिंहको मसाललगायतलाई पनि मोर्चामा आबद्ध गराउन पहल गर्ने निर्णय भएको जानकारी दिए । 

नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव लगायतको सहभागिता रहेको थियो । 

यस्तै बैठकले मोर्चाको आगामी कार्यक्रम तय गर्नका लागि चार सदस्यीय कार्यदल गठन गर्नेलगायतको निर्णय पनि गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्