३० जेठ २०८३, शनिबार

ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

साउन २, २०८१
काठमाडौं
ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता
फाइल तस्वीर: बीबीसी

ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टिँदा १३ भारतीय बेपत्ता भएका छन् । सोमबार एक तेल ट्याङ्कर जहाज ओमान नजिकैको समुन्द्रमा पल्टिएको थियो । 

जहाजमा अफ्रिकी देश कोमोरोसको झण्डा थियो । ओमानको सामुद्रिक सुरक्षा केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा जहाज पल्टिएको जानकारी दिएको छ । 

जहाज पल्टिएपछि जहाजमा रहेका १६ सदस्यीय चालक दल बेपत्ता छन् । जहाजमा रहेका १६ सदस्यीय चालक दलमध्ये १३ भारतीय नागरिक र तीन जना श्रीलंकाका छन् ।

सामुद्रिक सुरक्षा केन्द्रका अनुसार जहाज डुबेको जानकारी प्राप्त हुनासाथ खोजी तथा उद्धार कार्य शुरू गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्