०९ असार २०८३, मंगलबार

सिमलताल दुर्घटना : मृतकका परिवारलाई मधेश सरकारले एक लाख दिइने

साउन २, २०८१
धनुषा
सिमलताल दुर्घटना : मृतकका परिवारलाई मधेश सरकारले एक लाख दिइने

मधेश प्रदेश सरकारले गत असार २८ गते सिमलतालस्थित त्रिशूली नदीमा बस दुर्घटनामा परेका प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले प्रदेशका जिल्लाका मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताए । 'दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ,' मुख्यमन्त्री सिंहले भने, 'मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।'

मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा राहत रकम प्रदान गर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्