
वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् ।
बडाललाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि ओली प्रधानमन्त्री हुँदा पनि बडालले महान्यायाधिवक्ताको भूमिका निर्वाह गरेका थिए ।
