३० जेठ २०८३, शनिबार

गुगल नक्सा सर्भे गर्न आएको कारमा आगजनी

साउन २, २०८१
चितवन
गुगल नक्सा सर्भे गर्न आएको कारमा आगजनी

 भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित गुगल नक्सा सर्भे गर्न आएको टोली चढेको कारमा आगजनी भएको छ । स्थानीयले रेलमार्ग सर्भे गर्न आएको आरोप लगाउँदै आगजनी गरेका हुन् ।
 
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज दिउँसो १ः४५ बजे बागमती प्रदेश ०१–०३०च ७१९० नम्बरको रोकी राखेको कारमा स्थानीयले आगजनी गरेका हुन् ।
 
एक सय जना हाराहारीका स्थानीय जम्मा भएर कारमा आगो लगाएको उनले जानकारी दिए । आरएस इन्जिनियरिङ सोलुशन प्रालि कालोपुल काठमाडौँबाट दुई जना उक्त कारमा आएका थिए । बाराको जितपुर सिमरा उपमहानरपालिका बस्ने वर्ष २१ का अजित बस्नेत र धादिङ गल्छी गाउँपालिका– ८ बस्ने वर्ष ३५ का कार चालक दिलीप तामाङले कार रोकी सडक सर्भे गर्न गएको बेला कारमा आगजनी भएको थियो ।
 
आगलागीबाट कार पूर्णरुपमा क्षति भएको छ भने दुवै जनालाई प्रहरीले सुरक्षित राखेको छ । कारमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा निभाइएको थियो । गुगल नक्सा सर्भेका लागि उनीहरु आएको आफूलाई बताएको प्रजिअ यादवले बताए । 

salt training

कमेन्ट गर्नुहोस्