
काठमाडौं, ८ कार्तिक – चलचित्र ‘तान्द्रो’ को गीत सार्वजनिक भएको छ । अब मलाई विदा देऊ बोलको गीतमा जनयुद्धकालीन समयलाई बिम्बात्मक रुपमा प्रस्तुत गरिएको छ ।
सामतेन भुटियाले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, रामबाबु गुरुङ, मनिराम पोखरेल, कमलमणि नेपाल, राजन खतिवडा, बुद्धि तामाङ, शारदा अधिकारी, हुम बिसी लगायतका कलाकारको अभिनय छ । जनयुद्धको बेलामा गाउँमा परेको प्रभावलाई गीतमा समेत प्रस्तुत गरिएको छ ।
गीतमा त्सुजिल कर्माचार्यको शब्द र संगीत रहेको छ भने पुरुषोत्तम प्रधानले फिल्म खिचेका हुन् । चलचित्र यही कार्तिक २४ गतेदेखि रिलिज हुँदैछ ।