०७ असार २०८३, आइतबार

वेश्यावृत्ति गर्न लगाउने रेस्टुरेन्ट सञ्चालकसहित दुई जना पक्राउ

साउन ३, २०८१
काठमाडौं
वेश्यावृत्ति गर्न लगाउने रेस्टुरेन्ट सञ्चालकसहित दुई जना पक्राउ

बारामा महिलाहरूलाई आर्थिक प्रलोभनमा पारेर वेश्यावृत्ति गर्न लगाएको आरोपमा दुई जना पक्राउ परेक छन् ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-५ स्थित हिमानी रेस्टुरेन्ट तथा पार्टी प्यालेसका सञ्चालक ३० वर्षीय श्याम सुन्दरप्रसाद यादव र अर्का नाम नखुलाएका वीरगन्ज महानगरपालिका वडा-२९ का २० वर्षीय युवक रहेका छन् ।

विभिन्न ठाउँहरूबाट महिलाहरू बोलाई आर्थिक प्रलोभनमा पारी वेश्यावृत्ति गराइएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा, कलैयाबाट खटिएको प्रहरी टोलीले उक्त रेस्टुरेन्टमा छापा मारेको थियो । 

छापा मारेर ४ महिला र २ पुरुष गरी ६ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
यसमध्ये दुई जनामाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको र ४ जना महिलालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्