१९ असार २०८३, शुक्रबार

प्रमुख सचेतकहरूसँग सभामुखको छलफल: संसद्‌को क्यालेन्डर लागू गर्ने, विचाराधीन विधेयक छिटो पास गर्ने

साउन ३, २०८१
काठमाडौं
प्रमुख सचेतकहरूसँग सभामुखको छलफल: संसद्‌को क्यालेन्डर लागू गर्ने, विचाराधीन विधेयक छिटो पास गर्ने
फाइल तस्वीर

सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बिहीबार भएको छलफलमा संसद् बैठक र यसका समितिका बैठकबारे १५ गतेसम्मको क्यालेन्डर बनाएको हो । 

सभामुखले दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा साउन १५ गतेसम्मको क्यालेन्डर तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘सभामुखले प्रमुख सचेतकलाई बोलाउनुभएको थियो ।

६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने सूचना संसद् सचिवालयलाई गराएको र यसका आधारमा अगाडि बढ्ने कुरा भएको छ,’  बर्तौलाले भने, ‘बैठकले साउन १५ गतेसम्म कुन कुन दिन बैठक राख्ने भनेर पनि तय गरेको छ । समिति बैठकको पनि दिन छुट्याएर प्रभावकारी छलफल गरेर जाने निर्णय भएको छ ।’

बर्तौलाका अनुसार  साउन ६ देखि ८ सम्म संसद् बैठक, ९ देखि ११ समितिको बैठक, १३ देखि १५ फेरि संसद् बैठक बस्नेछ । ‘कुन बैठकमा कुन विधेयक छलफल गर्ने, अब अड्किएकालाई चाँडो पास गरेर कानून निर्माणको तहको पुर्‍याउने हाम्रो दायित्व हुन्छ । यसको लागि हामीले अहिले 
१५ गतेसम्मको तालिका निर्धारण भयो । अहिलेसम्म संसद्‌मा ३० विधेयक आए । २८ वटा विचाराधीन छन् भने ५ वटा मात्रै पारित भएका छन् । विचाराधीन विधेयकका छलफल गरेर चाँडो हाउसमा आउने वातावरण बनाउने, समितिका खाली सदस्य छिटो पदपूर्ति गर्नेसहितका विषयमा छलफल भएको छ ।’

साउन १५ गतेपछि संसद्‌लाई बिजनेस दिने विषयमा पनि सरकारसँग छलफल गर्ने, यसको लागि भोलि कार्यव्यवस्था समितिको बैठक राखेर थप छलफल गर्ने पनि उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्