०२ साउन २०८३, शनिबार
मन्त्रिपरिषद् विस्तार

मधेस प्रदेशमा २ पार्टीका ५ मन्त्रीले लिए शपथ

साउन ३, २०८१
धनुषा
मधेस प्रदेशमा २ पार्टीका ५ मन्त्रीले लिए शपथ

मधेस प्रदेशमा दुई दलका पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । अर्थसहित ४ मन्त्रालयको नेतृत्व गर्नेगरी कांग्रेस र शिक्षा तथा संस्कृति मन्त्रालयको नेतृत्व गर्ने गरी लोसपा सरकारमा सहभागी भएसँगै मन्त्रीहरूले बिहीबार शपथ लिएका हुन् ।


जसअनुसार कांग्रेसबाट सुनिलकुमार यादवले अर्थ, जनार्दनसिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी, शेषनारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी र कौशलकिशोर रायले श्रम तथा यातायातमन्त्रीको शपथ लिएका छन् ।

यस्तै लोसपाका प्रमुख सचेतक रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीका रूपमा शपथ लिएकी छिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्