२७ असार २०८३, शनिबार

ओमानको समुन्द्रबाट ८ भारतीयको उद्धार

साउन ४, २०८१
काठमाडौं
ओमानको समुन्द्रबाट ८ भारतीयको उद्धार

नयाँ दिल्ली–बिहीवार ओमानको समुद्रमा तेल ट्याङ्कर पल्टिएर भएको दुर्घटनाबाट आठ भारतीय नागरिकको उद्धार गरिएको छ । उद्धार गरेर हाल उनीहरूको उपचार भइरहेको भारतका केन्द्रीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले जानकारी दिए । 

एकजना भारतीय नागरिकको भने शव फेला परेको छ । भारत सरकारले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र प्रभावित परिवारलाई सबै सम्भव सहयोग सुनिश्चित गरिरहेको राज्यमन्त्री सिंहले बताए ।

ओमानको समुद्रमा जुलाई १५ मा ’एमभी प्रेस्टिज फाल्कन’ जहाज पल्टिएपछि भारतीय नौसेनाको तत्काल खोजी र उद्धार अभियान शुरू गरेको थियो । हालसम्म आठ भारतीय र एक श्रीलङ्काली नागरिकसहित जहाजबाट नौजना चालक दलका सदस्यलाई सफलतापूर्वक उद्धार गरिएको छ। 

भारतीय नौसेना र ओमानी अधिकारीहरूले बाँकी बेपत्ता चालक दलका सदस्यहरूको खोजी कार्य जारी राखेका छन् ।

एमभी फाल्कन जहाजमा सवार १६ चालक दलका सदस्यमध्ये आठ भारतीय र एक श्रीलङ्काली नागरिकसहित नौजना सदस्य जीवित फेला परेका छन्। बाँकी सदस्यको खोजी र उद्धार कार्य जारी रहने भारतीय नौसेनाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्