१९ असार २०८३, शुक्रबार

ट्रम्प सत्तामा आए अमेरिकाको युक्रेन नीतिमा कस्तो असर पर्छ ?

साउन ४, २०८१
काठमाडौं
ट्रम्प सत्तामा आए अमेरिकाको युक्रेन नीतिमा कस्तो असर पर्छ ?

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बने भने उनीसँग मिलेर काम गर्न प्रयास गर्ने बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न तयार रहेको बताए ।

केही दिनअघि ट्रम्पले ओहायोका सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका थिए । ३९ वर्षीय जेडी भान्सले युक्रेनमा के हुन्छ भन्ने वास्ता नगर्ने बताइसकेका छन् । भ्यान्स युक्रेनमा युद्धको लागि आर्थिक सहयोगको विरुद्धमा छन्।

अमेरिकी चुनावमा मनोनयनपछि नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भए युक्रेनका सम्बन्धमा अमेरिकाको नीति परिवर्तन हुने आशंका फेरि बढेको छ ।

जेलेन्स्कीले युक्रेनमा के भइरहेको छ भन्ने सायद उनीहरूलाई थाहा नभएको हुनाले अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताए।

जेलेन्स्की हाल बेलायतमा छन्। जहाँ उनले बिहीबार सम्बोधन पनि गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्