१५ असार २०८३, सोमबार

सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद

साउन ४, २०८१
सर्लाही
सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद
फाइल फोटो

सर्लाहीमा गत असार महिनामा मात्रै रु डेढ करोडभन्दा बढी मूल्यका भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले एक महिनामा रु डेढ करोडभन्दा बढी मूल्य पर्ने भन्सार छली गरेर ल्याइएका सामान बरामद गरेको जनाएको हो ।

सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले असार १ देखि ३१ गतेसम्म रु एक करोड ५७ लाख ७२ हजार चार सय ४१ रुपैयाँ बराबरका बिलविजक नभएका सामान बरामद गरेको जानकारी दिए ।

सामानहरू विभिन्न समयमा जिल्लाको नेपाल-भारत सीमा क्षेत्रबाट नेपालतर्फ ल्याउँदै गर्दा बरामद भएका थिए ।

बरामद सामाग्री चलन चल्तीअनुसार बजार मूल्य कायम गरी आवश्यक कारबाहीको लागि भन्सारमा बुझाउने गरिएको श्रेष्ठले बताए ।

यसरी बरामद गरिएकामा किराना सामान, कुखुराका चल्ला, मेसिनरी तथा सवारीका पार्टपुर्जा, इलोक्टिोनिक्स सामान र लत्ताकपडा रहेका छन् ।

सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधनसमेत नियन्त्रणमा लिएर भन्सारमा बुझाएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्