२७ जेठ २०८३, बुधबार

माहेश्वरी महिला मञ्चको श्रावणी मेला शुरू

साउन ४, २०८१
काठमाडौं
माहेश्वरी महिला मञ्चको श्रावणी मेला शुरू

माहेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा दुई दिने श्रावणी मेला शुरू भएको छ । विगत ६ वर्षदेखि हरेक साउन महिनामा श्रावणी मेला गर्दै आएको मञ्चले यस वर्ष पनि स्थानीय अतिथि सदनमा मेलाको आयोजना गरेको हो ।

मेलाको शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्‌घाटन गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले विराटनगर आर्थिक र व्यावसायिक क्षेत्रमा महत्त्वपूर्ण थलो भए पनि अपेक्षाअनुसारको समृद्धि हासिल गर्न नसकेको बताए ।

कार्कीले विराटनगरका मारवाडी समुदायका महिला स्वास्थ्य, समाजसेवा, शिक्षा र व्यवसायका क्षेत्रमा अगाडि रहेको उल्लेख गर्दै महिलाले सम्पन्न गरेको कार्य भरपर्दो र विश्वसनीय हुने धारणा राखे ।

null

मञ्चकी अध्यक्ष ललिता जाजूले महिलालाई आत्मनिर्भर बनाउन र हरेक कार्यमा हौसला प्रदान गर्न निरन्तर कार्यक्रम गर्दै आएको स्पष्ट पारिन् ।

मेलाका संयोजक ललिता राठीले मेलामा खानेकुरा, लुगा-कपडा, मरमसला, गरगहना, सजावट र शृंगारप्रसाधनका ३२ वटा स्टल भएको जानकारी दिइन् ।

दुई दिनसम्म चल्ने मेलाको ४ हजार जनाले अवलोकन गर्ने मञ्चको विश्वास छ ।

कार्यक्रममा माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबराले माहेश्वरी महिला मञ्चले आफ्नो स्थापनाकालदेखि नै मानवताको सेवामा आफूलाई समर्पण गरेको चर्चा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्