२६ असार २०८३, शुक्रबार

‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम्’ बनाउने

साउन ५, २०८१
काठमाडौं
‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम्’ बनाउने
फाइल तस्वीर

हास्य टेलिचलचित्र ‘सक्किगोनि’को निर्माण टिमले कथानक चलचित्र निर्माणको औपचारिक घोषणा गरेको छ ।

कलाकार कुमार कट्टेलको जन्मदिनको अवसरमा चलचित्र ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा गरिएको हो । 

चलचित्र कुमारले निर्देशन गर्नेछन् । 

चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणि नेपाल (खुपिका बाउ), माला लिम्बू, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिका रहनेछ । 

चलचित्र फागुन १४ प्रदर्शनमा ल्याउने तयारी रहेको निर्माणपक्षले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्