१९ असार २०८३, शुक्रबार

सुरक्षा निकायसँग सम्बन्धित कानून संशोधन आवश्यक छ: गृहमन्त्री लेखक

साउन ५, २०८१
काठमाडौं
सुरक्षा निकायसँग सम्बन्धित कानून संशोधन आवश्यक छ: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानूनलाई समयक्रमसँगै संशोधन गर्न आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताएका छन् । 

शुक्रबार सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको निरीक्षण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृत्तिविकास गर्न मन्त्रालय सधैँ साथमा रहेको बताए । आफू सुरक्षा निकायलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेको उनको भनाइ थियो । 

२३ वर्षअघि सशस्त्र प्रहरी बलको स्थापना अध्यादेशबाट भएको स्मरण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल स्थापनाबारे अध्ययन गर्न स्व सुवासचन्द्र नेम्वाङको नेतृत्वमा बनेको समितिमा कांग्रेसका तर्फबाट सदस्यका रूपमा सहभागी भएर काम गरेको बताए । 

'सशस्त्र द्वन्द्वका समयमा सशस्त्र प्रहरी बलको भूमिका मुख्य रह्यो । देशमा शान्तिसुरक्षा कायम गर्नमा सबैभन्दा पछि स्थापना गरिएको सुरक्षा सङ्गठनको धेरै योगदान छ,' उनले भने ।

निरीक्षणका क्रममा गृहसचिव एकनारायण अर्यालले मन्त्रालय सशस्त्र प्रहरी बल नेपालको साथमा रहेको बताए । 'सशस्त्र प्रहरी बल नेपालको कानुन छिट्टै संसद्मा पेस हुन्छ,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्