काठमाडौँ, ८ कात्तिक - राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि प्रकाशकुमार सुवेदीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।