२४ जेठ २०८३, आइतबार

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि

साउन ५, २०८१
काठमाडौं
द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि

द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व श्रेष्ठको आज यहाँ रहेको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको हो । लामो सयमदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराई रहेकी ९२ वर्षीया श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार निधन भएको थियो । 

स्व श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनको निधनबाट सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको श्रद्धाञ्जली दिन पशुपति पुगेकाहरूले बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्