०८ साउन २०८३, शुक्रबार

युरोकपका ‘गोल्डेन बूट’ विजेता खेलाडी भित्र्याउने प्रयासमा बार्सिलोना

साउन ५, २०८१
काठमाडौं
युरोकपका ‘गोल्डेन बूट’ विजेता खेलाडी भित्र्याउने प्रयासमा बार्सिलोना

स्पेनिस क्लब बार्सिलोना जर्मनीमा हालै सम्पन्न युरोकप फूटबल प्रतियोगितामा गोल्डेन बूट जितेका ड्यानी ओल्मोलाई भित्र्याउने प्रयासमा जुटेको छ ।

बार्सिलोनाले जर्मन क्लब आरबी लाइपजिगबाट स्पेनिस एट्याकिङ मिडफिल्डर तथा विङ्गर ओल्मोलाई भित्र्याउन चाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

२६ वर्षका ओल्मोले आइतवार राति सकिएको युरोकपमा ६ खेलबाट ३ गोल मात्र गरेनन् २ गोलमा एसिस्ट पनि प्रदान गरेका थिए । अन्य ५ खेलाडीले पनि ३–३ गोल गरेका थिए । तर २ एसिस्टले उनलाई गोल्डेन बूट दिलाएको थियो ।  

ओल्मो २ खेलमा प्रतिस्थापन खेलाडीको रुपमा मैदानमा आएर गोल गर्न सफल भएका थिए ।

सन् २०२० मा क्रोएसियन क्लब डिनामो जाग्रेबबाट लाइपजिग भित्रिएका ओल्मोले १०७ जर्मन बुन्डेसलिगा खेलमा १७ गोल गरेका छन् ।

यसैगरी जर्मन क्लब बायर्न म्युनिख  र इङ्लिस क्लब म्यानचेस्टर सिटी पनि ओल्मो अनुबन्ध गर्ने प्रयासमा रहेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्