२३ असार २०८३, मंगलबार

उदयपुरमा भाइरल ज्वरोका बिरामी बढे, बेड अभावले भुइँमा राखेर उपचार

साउन ६, २०८१
उदयपुर
उदयपुरमा भाइरल ज्वरोका बिरामी बढे, बेड अभावले भुइँमा राखेर उपचार

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको बिरामी बढेका छन् । बिरामीको सङ्ख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । 

अस्पताल प्रशासनका अनुसार ५० शय्या (बेड) क्षमताको अस्पतालमा दैनिक तीन सय जना भाइरल ज्बरोका बिरामी आउने गरेका छन् । 

पर्याप्त शय्या अभावका कारण उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले बताए । ‘बिरामीलाई भुइँमा राखेर सेवा गर्नुपरेको छ, अन्य रोग लागेका बिरामीलाई बेड छैन । भाइरल ज्वरोका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ,’ उनले भने । 
             
त्रियुगा नगरपालिका क्षेत्रको गाइघाट, पुरानो गाइघाट, असारी, मोतिगडा, देउरी,बगाहा, जलजले, राजाबास, चुहाडे, लक्ष्मीपुर, पोर्ताह, खैराहा झोडा, बिषणपुर, खैजनपुर, मोथ्याई, र जोगिदह क्षेत्रमा अहिले ब्यापक भाइरलको प्रकोप फैलिदै गएसँगै प्रत्यक घरमा एक–दुई जनादेखि सम्पूर्ण परिवारसमेत भाइरलबाट प्रभावित भइरहेका छन्  ।

त्रियुगा क्षेत्रमा भाइरलको प्रकोप बढेसँगै जिल्ला अस्पतालमा पनि बिरामीको चाप ह्वात्तै बढेको जिल्ला अस्पताल उदयपुरले बताएको छ । –रासस–

salt training

कमेन्ट गर्नुहोस्