०१ साउन २०८३, शुक्रबार

वाम गठबन्धन : १५ जिल्लामा मिलेन भागबन्डा

कात्तिक २०, २०७४
वाम गठबन्धन : १५ जिल्लामा मिलेन भागबन्डा
काठमाडौं, ९ कात्तिक- एमाले र माओवादी केन्द्रले दाबी कायमै राखेपछि वाम गठबन्धन कार्यदलले १५ जिल्लाको निर्वाचन क्षेत्र बाँडफाँटमा सहमति जुटाउन सकेको छैन ।prachanda oli
प्रत्यक्षतर्फ मनोनयनको एक साता बाँकी रहँदा कार्यदलले १५ जिल्लाको सहमति जुटाउने जिम्मा शीर्ष नेता सम्मिलित संयोजन समितिलाई नै दिने भएको छ ।संयोजन समितिमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।
एमालेलाई ६० र माओवादीलाई ४० प्रतिशत सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल गठन भए पनि १५ जिल्लामा सहमति जुट्न नसकेपछि संयोजन समितिलाई जिम्मा दिने निष्कर्षमा कार्यदल पुगेको हो । ‘मिल्न बाँकी जिल्लाको जिम्मा संयोजन समितिलाई दिने भएका छौं,' कार्यदल सदस्य एवं एमाले नेता सुरेन्द्र पाण्डेले भने, ‘कार्यदलले नसकेपछि शीर्ष नेताले नै सहमति गर्नुहुनेछ ।'

salt training

कमेन्ट गर्नुहोस्