०१ असार २०८३, सोमबार

आकाश फाटेकोले जाडो बढ्यो, घट्ने सम्भावना कम

कात्तिक २०, २०७४
आकाश फाटेकोले जाडो बढ्यो, घट्ने सम्भावना कम

काठमाडौं, ९ कात्तिक – काठमाडौं लगायत अन्य क्षेत्रको तापक्रममा गिरावट भएको छ । पछिल्ला चार दिनदेखि तापक्रममा गिराववट आइरहेको छ ।

अँस्ती ११ डिग्रीमा रहेको तापक्रम हिँजो विहान ९ डिग्रीमा झरेको थियो । आज फेरि बढेर १२ डिग्रीमा पुगेको छ । तर यी दिनहरुभन्दा अगाडि काठमाडौंको तापक्रम १५ डिग्रीभन्दा माथि थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका बैज्ञानिक बरुण पौडेलले आकाश खुल्ला भएको कारणले तापक्रम एक्कासी झरेको बताए । उनका अनुसार अब काठमाडौंमा विहान र बेलुकाको समयमा जाडो नै हुनेछन् । आकाशमा बादल लागेमा चाहिँ हल्का तापक्रम बढ्ने सम्भावना रहेको उनले बताए ।

नेपालमा सिजनल जाडोको मौसम पनि सुरु हुने बेला भएकोले अब तापक्रम बढ्ने सम्भावना नरहेको समेत उनले बताए । आकाशमा बादल कायम रहेका पृथ्वी चाँडो सेलाउन पाउँदैन् सोही कारणले तापक्रम पनि घट्दैन ।

यस्तै केहि दिन देखि उत्तरपश्चिमी वायुको प्रभाव परेकोले पनि जाडो बढेको हो । हिमालतर्फबाट आउने वायु सक्रिय भएकोले जाडो बढेको पौडेलले बताए ।

हाल मौसममा उच्च चापिय क्षेत्र समेत विकास भइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्