
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक शुरू भएको छ ।
बिहीबार मध्याह्न बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बैठक शुरू भएको हो ।
बैठकको शुरूआवातमा प्राकृतिक प्रकोप र दुर्घटनाबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको रास्वपाले जनाएको छ ।
बैठकमा विभिन्न ९ एजेन्डामा छलफल हुने छ । विधान संशोधन, विभाग प्रमुख मनोनयनलगायत विषय एजेन्डामा राखिएका छन् ।