
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । बिहीवार दिउँसो बैठक बसिरहेको हो ।
मन्त्रिपरिषद् बैठकले केही देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना रहेको स्रोतले बतायो ।
पूर्ववर्ती सरकारले विभिन्न देशका राजदूत फिर्ता बोलाएको थियो । चीन, रुसलगायत देशका राजदूतलाई फिर्ता बोलाउने सम्भावना रहेको बताइएको छ ।
जारी बैठक नियमित हो । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि बुधवार भने मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।