१८ असार २०८३, बिहीबार
मन्त्रिपरिषद् बैठक

मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गर्ने सरकारको निर्णय

साउन १०, २०८१
काठमाडौं
मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गर्ने सरकारको निर्णय

सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले कामु मुख्यसचिव गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

गड्तौला निजामती प्रशासनको नेतृत्व गर्ने पहिलो महिला भएकी छिन् । यसअघिका मुख्यसचिव डा बैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा लागेपछि उनी निमित्त मुख्यसचिव थिइन् । गड्तौलाको कार्यकाल भने छोटो हुनेछ ।

मुख्यसचिव गड्तौलाले यही भदौ १५ गते अवकाश पाउँदै छिन् ।

गड्तौलालाई  २०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट सचिवमा बढुवा गरिएको थियो । उनी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहसचिव हुँदा बढुवा भएकी थिइन् । उनी न्यायतर्फकी सचिव हुन् ।

salt training

कमेन्ट गर्नुहोस्