काठमाडौं, ९ कात्तिक — भारतको गुजरात राज्यस्थित कच्छमा वैज्ञानिकहरूले १५ सय लाख वर्ष पुरानो समुद्री जीवाश्मको अवशेष फेला पारेका छन् ।
भारतीय र जर्मन वैज्ञानिकहरूको टोलीले फेला पारेको ५.५ मिटर लामो यो समुद्री प्रजातिको जीवाश्मबाट उपमहाद्वीपमा जीवन र प्रकृतिका रहस्य जान्ने अपेक्षा गरेका छन् ।
अहिलेसम्म भारतमा जुरासिक कालका कुनै पनि अवशेष भेटिएको बारेमा सुनिश्चित गर्न सकिएको छैन ।
वैज्ञानिकहरूको टोली आफ्नो नियमित काममा लाग्दालाग्दै यस जीवाश्मको संकेत पाउन सफल भएका थिए । उनीहरूले यसमा १५ सय घन्टा अनुसन्धान गरेर जीवाश्म निकालेका थिए ।
जीवाश्म हेरेर वैज्ञानिकहरूले यो ठूलो शार्क वा समुद्री जीव हुनसक्ने अनुमान गरेका छन् । यसको अस्तित्व २५ सयदेखि ९०० लाख वर्षपहिले रहेको हुनसक्छ ।
अनुसन्धान टोलीको नेतृत्व दिल्ली विश्वविद्यालयका प्राध्यापक गुन्टुपल्ली भी आर प्रसादले गरेका थिए । उनी त्यस विश्वविद्यालय भूगर्भ विभागमा पढाउँछन् ।
खोजबाट निस्केको निष्कर्षलाई उनले फर्स्ट इस्थीसर फ्रम द जुरासिक अफ इन्डिया नामको पेपरमा उल्लेख गरेका छन् ।
एजेन्सी