०२ असार २०८३, मंगलबार

रोयल एन्फील्डलाई चुनौती दिन बजाजले ल्याउँदैछ नयाँ एभेन्जर

कात्तिक २०, २०७४
रोयल एन्फील्डलाई चुनौती दिन बजाजले ल्याउँदैछ नयाँ एभेन्जर

काठमाडौं, ९ कात्तिक — रोयल एन्फील्ड मोटरसाइकललाई चुनौती दिने उद्देश्यले बजाजले मिड सेग्मेन्ट मोटरसाइकलमा पकड जमाउन खोजिरहेको छ ।


यसका लागि बजाजले आफ्नो लोकप्रिय एभेन्जर बाइकको नयाँ ४०० सीसी इन्जिन भेरिएन्ट ल्याउन खोज्दैछ । मिडिया रिपोर्टअनुसार, बजाज एभेन्जरको नयाँ भेरिएन्ट भारतमा अर्को वर्षसम्ममा आउनेछ ।

यो क्रुजर मोटरसाइकल बनाउनका लागि बजाज र ट्रायम्फले हात मिलाउनसक्ने सम्भावना छ । तर कम्पनीले आधिकारिक रूपमा केही बताएको छैन ।

रोयल एन्फील्डको थन्डरबर्ड ३५० लाई टक्कर दिन बजाजले एभेन्जरको नयाँ संस्करण ल्याउन लागेको बुझिएको छ ।

बजाजले नयाँ डोमिनर ४०० सीसी बाइक ल्याइसकेको छ । यसको दमदार इन्जिन बीएचपीको पावर र त्यति नै न्युटन मिटर टर्क जेनेरेट गर्ने क्षमता राख्छ ।

अहिले बजारमा एभेन्जर १५० र २०० सीसी इन्जिनका साथ बिकिरहेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्