
लोक सेवा आयोगले शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको परीक्षालाई चालु आर्थिक वर्ष २०८१/८२ देखि थप कडाइ गर्ने भएको छ ।
प्रथम पत्र र द्वितीय पत्रको परीक्षाका विषय फरक फरक भएकाले प्रथम पत्रमा परीक्षार्थीले पाएको अंक मूल परीक्षाको अंकमा जोड्नु सान्दर्भिक नहुने भएकाले आयोगले परीक्षालाई थप कडाइ गर्ने भएको हो। आयोगले सार्वजनिक गरेको पाठ्यक्रममा उक्त ब्यबस्था गरिएको जनाएको छ ।
यसअघिसम्म शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथम पत्रमा उत्तीर्ण हुन ४० अङ्क ल्याएमा परीक्षार्थी उत्तीर्ण हुने व्यवस्था थियो। अबदेखि प्रथम पत्रमा उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने व्यवस्था आयोगले गरेको छ ।
आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईले एक सय पूर्णांकको बस्तुगत प्रश्नका आधारमा लिइने प्रारम्भिक चरणको परीक्षामा ४५ अंक ल्याए मात्र द्वितीय पत्रको परीक्षामा सहभागी हुन पाइने व्यवस्था गरिएको बताइन् । गोरखापत्रले खबर छापेको छ ।