०५ साउन २०८३, मंगलबार

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार

साउन ११, २०८१
काठमाडौं
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार

भारतको कश्मिरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूको उद्धार गरिएको छ । 

रोजगारीको प्रलोभनमा बेचबिखनगरी कश्मिरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका श्रमिकको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धारगरी नेपाल फर्काएको हो ।

उद्धार गरिएकामा सिराहाका २१ र धनुषाका ७ जना मजदुर रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा राखेको जानकारी अनुसार उनीहरूलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ । त्यहाँबाट उनीहरूलाई आजै घर पठाइने छ । 

उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोली केही दिनदेखि कश्मिर गएको थियो । उद्धार कार्यको सफलताका लागि मन्त्रालयका सचिव भट्टराईसहित टोलीलाई प्रधानमन्त्रीले धन्यवाद दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्