०८ साउन २०८३, शुक्रबार

सौर्य एयरलाइन्सका चालक शाक्यको स्वास्थ्यमा सुधार

साउन ११, २०८१
काठमाडौं
सौर्य एयरलाइन्सका चालक शाक्यको स्वास्थ्यमा सुधार
फाइल फोटो

काठमाडौं मेडिकल कलेजमा उपचाररत सौर्य एयरलाइन्सका चालक मनीषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ । ​

कलेजका निर्देशक प्राडा मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताइन् । शाक्यको ढाडको एउटा हड्डी र देब्रेपट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरूपमा आराममा राखिएको उनले बताइन्।

'ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौं,' उनले भनिन्, 'घर परिवारका बाहेकलाई भेट्न दिएका छैनौं ।'

यही साउन ९ गते काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा जहाजमा सवार १८ जनाको निधन भएको थियो ।

उक्त दुर्घटनामा चालक शाक्य गम्भीर घाइते भएका थिए ।

उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्