२८ असार २०८३, आइतबार

कोशी सरकारबाट बाहिरियो माओवादी, समर्थन फिर्ता नलिने

साउन ११, २०८१
विराटनगर
कोशी सरकारबाट बाहिरियो माओवादी, समर्थन फिर्ता नलिने

नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।

सरकारबाट बाहिरिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने भएको छ ।

माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै आग्रहमा सरकारमा आजसम्म बसेको र आज राजीनामा दिन लागेको बताए ।

गत असार १७ गते केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन गर्ने सहमति भएपछि प्रतिपक्षमा पुगेको माओवादी कोशी सरकारबाट बाहिरिन लागेको हो ।

केन्द्रीय गठबन्धन अनुसारको सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ ।

कोशी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती, स्वास्थ्यमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायणबहादुर मगर मन्त्री छन् ।

यस्तै पर्यटनमा वन्दना झाँगर राज्यमन्त्री छिन् ।

salt training

कमेन्ट गर्नुहोस्