२२ असार २०८३, सोमबार

लापसे गरी सवारी साधन चलाउने ६ जना पक्राउ

साउन ११, २०८१
काठमाडौं
लापसे गरी सवारी साधन चलाउने ६ जना पक्राउ

 लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । 
    बागमती प्रदेश ०६-००१ ज ०१ ७२  नम्बरका माइक्रो चालक चितवनको भरतपुर महानगरपालिका ८ का २५ वर्षीय अनिक चौधरी, प्रदेश २-०३ ००१ ख ४५ ६२ नम्बरका ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ८ का ३० वर्षीय प्रकाश तामाङ, बा १३ च ४८ ५३ नम्बरका पिक अप चालक मकवानपुरको थाहा नगरपालिका ७ का २३ वर्षीय प्रकाश गोले, बा १७ च १७ १४ नम्बरका भ्यान चालक बाँकेको कोहलपुर नगरपालिका २ का ४२ वर्षीय विनोद चौधरी, ग १ ख १५ ६७ नम्बरका भाडा बस चालक तनहुँको म्याग्दी गाउँपालिका १ का ३९ वर्षीय कर्ण बहादुर गुरङ र ना ७ ख ०५ २७ नम्बरका भाडा ट्याङ्कर चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ६ का ४८ वर्षीय रविलाल मानन्धरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव, Drugs kit मा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको प्रहरीले जनाएको छ ।  
प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्‍वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ । नागढुङ्गामा आज २५ ओटा सवारी साधनलाई चेक गर्दा ६ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।  
नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाइएको छ  । 
 

salt training

कमेन्ट गर्नुहोस्