ललितपुरको इमाडोलमा शुक्रबार गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ६१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
६७ ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ६१ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो ।
सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सहजिकरण गर्नका लागी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिक चेकिङ लगायतका विशेष चेकिङहरु गर्दै आएको ट्राफिक प्रहरीले जनाएको छ ।