१६ असार २०८३, मंगलबार

विश्वभरका आणविक र सैन्य गोप्य कुराहरू उत्तर कोरियाली ह्याकरको निशानामा

साउन १२, २०८१
काठमाडौं
विश्वभरका आणविक र सैन्य गोप्य कुराहरू उत्तर कोरियाली ह्याकरको निशानामा
प्रतिकात्मक तस्वीर

उत्तर कोरियाली ह्याकरहरूले विश्वभरका सरकारी र निजी कम्पनीहरूबाट आणविक र सैन्य गोप्य कुराहरू चोर्ने प्रयास गरिरहेको बेलायत, अमेरिका र दक्षिण कोरियाले चेतावनी दिएका छन् ।

यी देशहरू भन्छन् कि ह्याकरहरूको समूहमा एन्डेरियल र ओन्क्सी स्लिट छ । यो समूहले गोप्य जानकारी सङ्कलन गर्न रक्षा, एयरोस्पेस, आणविक र इन्जिनियरिङसँग सम्बन्धित एकाइहरूलाई लक्षित गर्दैछ ।

यसको उद्देश्य उत्तर कोरियाको सैन्य र आणविक योजनाहरूलाई बलियो बनाउनु हो ।

यो समूहले युरेनियम प्रशोधनदेखि लिएर ट्याङ्क र पनडुब्बीसम्म विभिन्न प्रकारका सूचना चोर्ने प्रयास गरिरहेको छ ।

यो समूहले अहिलेसम्म भारत, बेलायत, अमेरिका, दक्षिण कोरिया, जापानलगायत धेरै देशलाई निशाना बनाएको छ ।

अमेरिकी वायुसेना अड्डा, नासा र रक्षा क्षेत्रका कम्पनीहरूलाई निशाना बनाइएको मानिन्छ । बीबीसी

salt training

कमेन्ट गर्नुहोस्