०८ साउन २०८३, शुक्रबार

कमला ह्यारिसले गरिन् अमेरिकी राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा

साउन १२, २०८१
काठमाडौं
कमला ह्यारिसले गरिन् अमेरिकी राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा

कमला ह्यारिसले अमेरिकी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । सोसल मिडिया प्लेटफर्म एक्समार्फत् उनले उम्मेदवारी घोषणा गरेकी हुन् । 

'आज मैले आधिकारिक रूपमा संयुक्त राज्यको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरें,' उनले लेखेकी छन्, 'म हरेक भोट प्राप्त गर्न कडा मेहनत गर्नेछु । नोभेम्बरमा जनताको शक्तिले भरिएको हाम्रो अभियान विजयी हुनेछ।'

पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि उनको उम्मेदवारीलाई समर्थन गरेका छन् ।

अधिकांश लोकतान्त्रिक सांसद उनको पक्षमा रहेकोले आगामी महाधिवेशनमा उनलाई औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरिने विश्वास गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्