०३ साउन २०८३, आइतबार

उपेन्द्र यादवले दिने भए सप्तरी २ बाट उम्मेदवारी

कात्तिक २०, २०७४
उपेन्द्र यादवले दिने भए सप्तरी २ बाट उम्मेदवारी


राजविराज, ९ कात्तिक - संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जन्मथलो सप्तरीबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने भएका छन् ।Upendra-Yadavre-draft

अध्यक्ष यादवले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने पार्टीका नेता शम्भु झाले जानकारी दिए । सो क्षेत्रमा राजविराज नगरपालिकाका १६ वडासहित छिन्नमस्ता, महदेवा र तिलाठी कोइलाडी गाउँपालिका पर्दछन् ।

फोरम नेपाल र राजपासँगको गठबन्धनमा उहाँ यस क्षेत्रबाट उम्मेदबार बन्न लागेको बताइएको छ । सो क्षेत्रमा करिब ८६ हजार मतदाता रहेका छन् ।

सप्तरी क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ बाट राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव मनिषकुमार सुमनले उम्मेदवारी दिने भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्