
सुर्खेतमा भारी वर्षाका कारण भत्किएको घरमा पुरिएकी एक बालिकाको सुरक्षाकर्मीको टोलीले जीवितै उद्धार गरेको छ ।
अन्दाजी १४–१५ वर्षीया बालिका सुशीला बुढालाई आइतवार उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिका १३ करेखोलाका खम्म बुढाको कच्ची घर वर्षाका कारण भत्किन गई उनकी छोरी सुशीला पुरिएकी थिइन् ।

घटनाको खबर प्राप्त हुनासाथ तत्कालै जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट प्रहरी टोली घटनास्थलमा खटिई बालिकालाई 'सकुशल' उद्धार गरेको हो ।
सुशीलालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको प्रहरीले जनाइएको छ ।
उद्धार कार्यमा नेपाली सेनाको टोली पनि खटिएको थियो ।